१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नामिबियालाई नेपालको १८१ रनको चुनौती

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि–२० सिरिज अन्तर्गतको खेलमा कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले नामिबियालाई १८१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

निर्धारित २० ओभरको खेलमा नेपालले ८ विकेट गुमाएर १८० रन जोडेको छ।

६४ रनमा ४ विकेट गुमाएर लड्खडाएको नेपाली इनिङलाई मल्ल र आरिफ शेखबीच पाँचौ विकेटका लागि ८५ रनको साझेदारी भएपछि नेपालको इनिङ उकासिएको थियो। त्यसक्रममा आरिफले २४ बलमा ३१ रनको योगदान दिए।

अर्धशतक बनाएका मल्लले ३७ बलमा ५५ रनको योगदान दिँदा गुल्शन झाले १६ बलमा २६, ओपनर अनिल साहले १७ बलमा २३, दीपेन्द्रसिँह ऐरीले ८ बलमा १६ रनको योगदान दिए।

नामिबियाका तर्फबाट बलिङमा बेन शिकोंगोले चार ओभरमा २८ रन खर्चिएर ३ विकेट, ज्याक ब्रसेलले ४ ओभरमा ४५ रन खर्चिएर २ विकेट, लफ्टी एटन, जान फ्राइलिक र रुबल ट्रम्पलम्यानले एक/एक विकेट लिए।

नेदरल्यान्ड् र नमिबियासहित भइरहेको त्रिकोणीय सिरिजमा नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब छ।

यसअघि नामिबियाले नेपाललाई हराएको छ भने, नेदरल्यान्ड्सले नेपाल र नामिबियालाई हराएर चार अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: १८ फाल्गुन २०८० १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App