१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध नेपाल दबाबमा, कुशल मल्ल पनि आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाल दबाबपूर्ण स्थितीमा पुगेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली ब्याटिङ लाइनअप आज पनि धर्मराएको छ।

अहिले भर्खरै नेपालको छैठौं विकेट गुमिसकेको छ। ३६ रनमा खलिरहेका ब्याटर कुशल मल्ल नामिबियन कप्तान जेरार्ड एरासमसको बलमा आउट हुँदै पेभेलियन फर्किएका छन्।

नेपाल अहिले २८ औं ओभरको खेल चलिरहँदा नेपाल १२८ रनको स्थितीमा छ।

प्रकाशित: ९ फाल्गुन २०८० ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App