६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकप सेमिफाइनलमा

नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। नवबुद्धका लागि ममता पुन मगरले खेलको तेस्रो र २०औँ मिनेटमा गोल गरेकी थिइन्। देउमाईले भने गोल गर्न सकेन। सो खेलको वुमन अफ दी म्याच ममता पुन मगर घोषित भइन्।

शुक्रबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको पटना फुटबल क्लबलाई ५–० गोलअन्तरले हरायो। बिर्तामोडका लागि समिक्षा मगरले ह्याट्रिक गरिन्। उनले खेलको पाँचौँ, ४९औँ र ५६औँ मिनेटमा गोल गरिन्।

यस्तै खेलको १५औँ मिनेटमा सिम्रन राई र १८औँ मिनेटमा मोनिका घलेले बिर्तामोड युनाइटेडका लागि थप गोल गरेका थिए। सो खेलमा समिक्षा वुमन अफ दी म्याच घोषित भइन्।

आज पहिलो सेमिफाइनल खेल भारतको मानेभञ्ज्याङ फुटबल क्लब र नवबुद्ध फुटबल सप्तरीबीच तथा दोस्रो सेमिफाइनल खेल दीपेन्द्र शिखर फुटबल क्लब रोङ, इलाम र बिर्तामोड युनाइटेडबीच हुने आयोजक क्लब ओएसिसका अध्यक्ष च्याङ मुखियाले जानकारी दिए।

विजेताले दुई लाख तथा उपविजेताले एक लाख रकम पुरस्कार प्राप्त गर्ने छन्। फाइनल खेल यही फागुन ७ गते खेलाइने छ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन्। –रासस

प्रकाशित: ५ फाल्गुन २०८० ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App