४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा

भारत, आइसीसी यू–१९ एकदिवसीय पुरुष विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। मङ्गलवार भएको सेमिफाइनल खेलमा आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलको यात्रा तय गरेको हो।

विलोमोर पार्कमा टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा २४४ रन बनायो। २४५ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टिमले सुरुमा राम्रो प्रदर्शन गर्न नसकेपनि कप्तान उदय सहारन र सचिन धसले भारतलाई जित दिलाउन ठूलो योगदान दिए।

भारतका लागि सचिनले सर्वाधिक ९६ र कप्तान उदयले ८१ रन बनाए। अन्य खेलाडीले भने २० रन पनि कटाउन सकेनन्।

अब भारतले दोस्रो सेमिफाइनलको विजेतसँग उपाधीका लागि खेल्नेछ। दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच भोलि हुनेछ। 

प्रकाशित: २४ माघ २०८० ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App