४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आईसीसी यू १९ विश्वकपः नेपाल आज भारतसँग भिड्दै

आईसीसी यू १९ विश्वकपको सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज भारतसँग भिड्दै छ। दक्षिण अफ्रिकास्थित माङ्गाउङ ओभलमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ।

नेपाल सुपर सिक्समा पुगेर पनि सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

आजको खेलमा नेपालले जित हात पारेपनि सेमिफाइनलमा पुग्न सक्दैन।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ। दुबै खेलमा नेपाल भारतसँग पराजित भएको छ। सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले नेपाल भारतसँग पराजित भएको थियो।

प्रकाशित: १९ माघ २०८० ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App