५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

आहा रारा पोखरा गोल्डकपमा २ विदेशीसहित १२ टिमले सहभागिता जनाउने

फाइल तस्बिर

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने भएका छन्।

बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने जानकारी दिइएको हो।

आयोजकले पोखरामा आयोजना गरेको सम्मेलन मार्फत उक्त जानकारी दिँदै भारतिय घरेलु फुटबल लिग आइलिगको सन २०२३–२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लव पारो भुटान एफसीको सहभागिता रहने क्लवले जनाएको छ।

दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन्।

यसैगरी आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजनका क्लवहरु संकटा यूथ क्लव, चर्च ब्वाइज क्लव, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लवको रुपमा रहेको मनाङ मर्स्याङदी क्लव, जावलाखेल यूथ क्लव र थ्रि स्टारको सहभागिता हुनेछ भने विभागिय क्लव नेपाल आर्मी क्लव र नेपाल पुलिस क्लव समेतको सहभागिता रहनेछ। सुनवलको राइजिङ स्टार क्लव समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ।

प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको छ।

प्रकाशित: २६ पुस २०८० ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App