५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एपीएफलाई हक्की सामाग्री

नेपाल हक्की संघले सशस्त्र प्रहरी बल नेपाल (बिशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ। साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ।  
कार्यदलका प्रमुख एसपी समिककुमार महर्जनलाई संघका अध्यक्ष अनिलप्रसाद शर्माले उक्त सामग्री प्रदान गरे।नेपालमा हक्की खेलको विकासका लागि संघले एपीएफमा पनि विभागीय टिम बनाउने उद्देश्य राखी नियमित तालिम पनि दिने लागेको हो।विभिन्न विद्यालयसंग पनि सहकार्य गरी खेलाडी उत्पादन गर्ने उदेश्य रहेको हक्की संघले जनाएको छ।

कार्यक्रममा संघको तर्फ बाट अध्यक्ष अनिलप्रसाद शर्मा ,महासचिब सुवर्ण श्रेष्ठ , सचिब अशिम शर्मा, सदस्य पवन कुमार केसी साथै प्रमुख प्रशिक्षक बिजयन्त शर्मा प्रशिक्षकहरु रञ्जन थापा, बाबुराम नेपाल र अश्विनी अधिकारीलगायतको उपस्थिति रहेको थियो भने कार्यदल बाट बिभिन्न तहका अधिकारीलगायत प्रशिक्षणका लागि करिब २५ जनाको उपस्थिति रहेको थियो हक्की संघले जनाएको छ।

प्रकाशित: २५ पुस २०८० १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App