४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सुवासको ह्याट्रिकमा पुलिसलाई सफलता

एन्फा यु-१६ युथ लिग

अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निर्धारित समयको आठ मिनेट बाँकी छँदासम्म फ्रेन्ड्स १–० ले अगाडि थियो। तर, अन्तिम समयमा सुवास चम्कँदा पुलिसले रोमाञ्चक जित निकाल्यो।

जितसँगै पुलिस आठ खेलबाट १४ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। फ्रेन्ड्स भने सात खेलबाट ९ अंकसहित सातौं स्थानमा यथावत् छ।

 पहिलो हाफ गोलरहित बराबरीमै सकियो। तर, दोस्रो हाफमा चार गोल भयो। ४७औं मिनेटमा अंकित थापाको गोलबाट फ्रेन्ड्सले अग्रता लियो। तर, अन्तिम समयमा त्यो अग्रता जोगाउन सकेन र पुलिसले तीन गोल फर्कायो।

सुवासले ८३औं मिनेटमा पेनाल्टी गोलबाट पुलिसलाई १–१ को  स्थितिमा ल्याए। उनले दुई मिनेटपछि नै दोस्रो गोल गर्दै पुलिसलाई अग्रता दिलाए। इन्जुरी समयको ९३औं मिनेटमा सुवासले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

समान आठ खेलबाट मच्छिन्द्र १७ अंक र संकटा १६ अंकसहित शीर्ष दुई स्थानमा छन्। ‘ए’ डिभिजन लिग खेल्ने १० क्लबका युथ टोलीले एन्फा यु–१६ खेलिरहेका छन्। 

प्रकाशित: २४ पुस २०८० ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App