६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बृहस्पति विद्या सदनको जित

बृहस्पति विद्या सदनले सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ।

चावहिल गणेशथान मैदानमा बृहस्पतिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ४–० गोलले पराजित गर्‍यो। बृहस्पतिका गोरक्ष सुवेदी, आयुश पौडेल, सौरभ महर्जन र एलेक्स डंगोलले गोल गरे।

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताका अन्य प्रतिस्पर्धामा मनकामना, ज्ञानचक्षु, पिस प्वाइन्ट, विनायक र प्रारम्भ विजयी भए। मनकामनाले फ्युजन एकेडेमी ‘ए’ लाई ४–१ गोलले हरायो।

मनकामनाका सनिल मगरले २ तथा मानव लामा र कृष्ण मोक्तानले १/१ गोल गरे। फ्युजन ‘ए’ का सविन तामाङले सान्त्वना गोल गरे। ज्ञानचक्षुले अनमोल ज्योतिलाई ३–२ गोलले पाखा लगायो। विजेताका रोहितले २ तथा मन्दिप आलेमगरले १ गोल गरे।

अनमोलका अनिश जिरेल र अनिश कार्कीले समान १/१ गोल फर्काए। पिस प्वाइन्टले पशुपतिलाई ४–० गोलले पन्छायो। पिस प्वाइन्टका प्रज्ञान राई, राहुलकुमार योन्जन, रामबहादुर बुढाथोकी र विशेष थिङले समान १/१ गोल गरे।

विनायकले फ्युजन एकेडेमी ‘बी’ लाई ३–० गोलले पराजित गर्‍यो। विनायकका सविन राईले २ तथा दिप्सन श्रेष्ठले १ गोल गरे। प्रारम्भले एक्सेलमाथि ४–० को सहज जित दर्ता गर्‍यो। विजयी टिमका लागि रूपेश खड्काले ३ तथा अजय कार्कीले १ गोल गरे।

प्रकाशित: १० पुस २०८० ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App