६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज दुई महत्त्वपूर्ण खेल हुँदै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ।

दशरथ रङ्गशालामा हुने आजको दुबै खेल क्रमशः दिउँसो १ बजे र साँझ ५ बजे सुरु हुने छ।

आजको पहिलो खेल लिग चरणकै बहुप्रतिक्षित मानिएको छ। लिग चरणको अन्तिम खेलमा भिड्दै गर्दा पोखरा शीर्ष स्थानमा रहँदै लिग चरणको यात्रा सकाउन चाहन्छ। पोखरा  प्लेअफमा भने पुगिसकेको छ।

शीर्ष स्थानको पोखराले ७ खेलबाट १४ अङ्क जोडेको छ।

यस्तै धनगढीले आजको खेलमा जित निकाल्दै वा बराबरी गर्दै प्लेअफमा पुग्न चाहन्छ। धनगढी पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ र पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न चाहन्छ। पोखरासँग हारेको खण्डमा धनगढीको अरु खेलको नतिजामा निर्भर रहनुपर्नेछ। धनगढी ७ खेलबाट १२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ।

आजको दोस्रो खेलमा भिड्न लागेको झापा प्लेअफको यात्रा सहज बनाउने लक्ष्यसहित मैदान उत्रने छ। चौथों स्थानमा रहेको झापा आजको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। झापाको बराबरी वा हारको नतिजाले उसको प्लेअफ खेल्ने सम्भावना अरु खेलको नतिजामा निर्भर रहनेछ।

तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने कोशिश गर्नेछ।  

प्रकाशित: ६ पुस २०८० ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App