५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

रिभेरा तेक्वान्दो च्याम्पियनसिप आगामी पुस ७ मा

रिभेरा इन्टरनेसनल एकेडेमीको आयोजनामा दोस्रो रिभेरा तेक्वान्दो च्याम्पियनसिप आगामी पुस ७ गते हुने भएको छ।

प्रतियोगितामा साम्भवी स्कुल, नेपाल एभरेस्ट स्कुल, जुगलनवा गरुकुल, विज्ञान इङ्लिस स्कुल, दुर्गाभवनी एकेडेमी, डेफोडिल बोर्डिङ, बोधीसदन स्कुल, हिमशिखर स्कुल, टेक्सास स्कुल, कन्स्टिलेसन स्कुल, युनिभर्सल स्कुल, अरूणिमा एजुकेसन, गणेश हिमाल स्कुल र आयोजक रिभेरा एकेडेमीसहित १४ को सहभागिता रहनेछ।

जम्मा १ सय ८० खेलाडीले गेरोगी र पुम्सेमा गरी २८ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक स्कुलका प्रिन्सिपल प्रज्वल कोइरालाले जानकारी गराए। गेरोगीको पुरुष/महिलामा समान १०-१० तथा पुम्सेको पुरुष/महिलामा समान ४-४ स्पर्धामा खेल हुने रिभेराका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जानकारी गराए। एकदिने प्रतियोगिताका खेलहरू चाबहिलको मैजुबहालस्थित आयोजककै हातामा हुनेछ।

प्रकाशित: १ पुस २०८० ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App