६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले तेस्रो विकेट गुमायो

यू-१९ एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले फितलो प्रदर्शन जारी छ। नेपालले सातौ ओभरमा तेस्रो विकेटको रूपमा अर्जुन कुमाललाई गुमाएको छ।

चौथो ओभरमा दिपक बाेहोराको पहिलो विकेट गुमाएको नेपालले लगत्तै उत्तम मगरको दोस्रो विकेट पनि गुमाएको थियो।

यसअघि टस जितेर भारतले बलिङ्ग रोज्दै नेपाललाई ब्याटिङ्गको निम्तो दिएको हो। भारतसँग आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ।

नेपाल र भारतबीचको खेल अहिले आइसीसीए क्रिकेट मैदान २ मा जारी छ। नेपालले ८ ओभरमा १७ रन बनाएर खेल्दै छ।  

प्रकाशित: २६ मंसिर २०८० ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App