१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

जिरोनाको सानदार जित

मड्रिड– स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा जिरोनाले लस पाल्मसमाथि ६–० को सानदार जित हात पारेको छ। 
जिरोनाको जितमा माइकल ओलुंगाले ह्याट्रिक पूरा गर्दा क्रिस्टियन स्टुवानी, क्रिस्टियन पोर्टु र बोर्जा गार्सियाले समान एक÷एक गोल गरेका थिए । पहिलो हाफमा एक गोल जिरोनाले दोस्रो हाफमा थप ५ गोल गर्याे । 

२५औं मिनेटमा स्टुवानीले गरेको गोलमा जिरोनाले अग्रता लिएको थियो । ५७औं मिनेटमा ओलुंगाले गोल गर्दै जिरोनाको अग्रता दोब्बर पारेका थिए । त्यसको सात मिनेटपछि गार्सियाले गोल गर्दै जिरोनाको अग्रता बढाएका थिए।
७०औं मिनेटमा ओलुंगाले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै टोलीको अग्रता ४–० मा पु¥याएका थिए । त्यसको ४ मिनेटपछि पोर्टुले गोल गर्दै जिरोनाको अग्रता बढाएका थिए । खेल सकिन ११ मिनेट बाँकी हुँदा ओलुंगाले ह्याट्रिक पूरा गरेपछि जिरोनाले सानदार जित पक्का गरेको थियो।

यस जितपछि १९ खेलमा २६ अंक जोडेको जिरोना नवांै स्थानमा छ । समान खेलमा ११ अंक जोडेको पाल्मस अन्तिम स्थानमा छ।

यसअघि शुक्रबार सम्पन्न एक मात्र खेलमा गेटाफेले मालागालाई १–० ले पराजित गरेको थियो । ७३औं मिनेटमा का कालाले गरेको गोल गेटाफेको जितमा पर्याप्त बन्यो । उनले एन्जेल रोडरिग्वेजको पासलाई पोस्टको दिशा दिएका थिए ।
यस जितपछि १९ खेलमा २६ अंक जोडेको गेटाफे आठौं स्थानमा छ । समान खेलमा ११ अंक जोडेको मालागा १९औं स्थानमा छ ।

प्रकाशित: ३० पुस २०७४ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App