६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज चितवन एफसी र वीरगञ्ज युनाइटेड खेल्दै

नेपाल सुपर लिग अन्तर्गत आज चितवन एफसी र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनछ।

आजको खेलमा नवप्रवेशी वीरगञ्ज पुरानो टोली चितवनलाई पराजित गर्दै पहिलो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ भने चितवन पनि आफ्नो पहिलो जितको खोजीमा हुनेछ। हलसम्म दुई खेल खेलेको चितवनले एकमा हार र एक बराबरीमा सकाएको थियो। वीरगञ्जले भने हालसम्म एक खेल मात्र खेलेको छ र उसलाई धनगढी एफसीले २–१ ले पराजित गरेको थियो।

लिग अङ्क तालिकामा चितवन एक अङ्कका साथ छैटौं स्थानमा छ भने वीरगञ्ज शून्य अङकसाथ आठौं स्थानमा रहेको छ।

प्रकाशित: १५ मंसिर २०८० ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App