५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेटः सुदूरसँग पुलिस पराजित, मधेश सेमिफाईनलमा

नेपाल पुलिस केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा पराजित भएको छ। पोखरा रंगशाला त्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको हो।

छैठौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको हो। १५९ रनको लक्ष्य पाएको सुदूरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो।  

छैठौं र सातौं नम्बरमा आएका किरण ठगुन्ना र नरेन साउदले उत्कृष्ट पारी खेल्ने क्रममा छैटौ विकेटको लागि ९३ रनको साझेदारी गर्दै जितको सम्भावना देखाए। नरेन रसिद खानको बलमा आरिफ शेखको हातबाट क्याच हुदाँ ३९ रनमा खेलिरहेका थिए। उनले ३० बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे।

ठगुन्नाले अविजिति ५१ रनको इनिङमा सुदुर पश्चिमले नेपाल पुलिस क्लबमाथि ४ विकेटको इज्जतिलो जित आत्मसात गर्यो। ३४ बल खेल्दै चार चौका र दुई छक्का हाने। ठगुन्नालाई नारायण जोशीले १७ रनमा साथ दिएका थिए। उनी पनि नटआउट रहने क्रममा ७ बल खेल्दै १७ रन बनाए। दुई चौका र १ छक्का हाने।

केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार १५९ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको शीर्ष व्याटर भने सस्तैमा आउट भए। स्पीनर रसिद खानको बलमा व्याटर घुम्दा सस्तैमा आउट भए। ओपनर गजेन्द्र बोहोरा खानको बलमा दुई बलको सामना गरेसँगै शून्यमा आउट भए। त्यसपछि राजु रिजाल १६ बल खेल्दै खानकै बलमा अर्जुन साउदको हातबाट क्याच हुदाँ व्यक्तिगत १९ रन स्कोरमा थियो। उनले ४ चौका हिर्काइसकेका थिए। आयुव चन्द सुनिल धमलाको बलमा ५ रनमा आउट भएपछि सुदूरपश्चिमको माथिल्लो अर्डर सस्तैमा प्लयेर बक्समा फर्किएको थियो।  बसन्त कार्की सागर ढकालको बलमा रसिद खानको हातबाट समातिए। उनले १५ रन बनाए । १४ बलमा २ छक्का हाने।

टस जितेर व्याटिङ रोजेको नेपाल पुलिस क्लबले कुशल भुर्तेलको अर्धशतीय पारी खेले। उनकै महत्वपूर्ण व्याटिङमा पुलिस क्लबले ४ विकेटको क्षतिमा मा १५८ रनको योगफल तयार पार्‍यो। भुर्तेलको ५१ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ६७ रनको योगदान गरे। ओपनर सुनिल धमलाले ४० बलमा ४२ रन हाने। उनको इनिङमा दुई चौका र दुई छक्का सामेल थियो। एक पछि अर्को क्याच फुत्काएपछि सुदूरपश्चिमले विशाल योगफलको सामना गर्नुपर्‍यो। भुर्तेल बसन्त खत्रीको बलमा  आउट भएका थिए। पहिलो विकेटको लागि भुर्तेल र धमलाले १०४ रनको शतकीय साझेदारी गरेका थिए। भुर्तेलले ३८ बलमा अर्धशतक पुरा गरेका थिए।  

धमला व्यक्तिगत ४२ रनमा पभेलियन फर्किए। विकास आग्रीको बलमा नरेश साउदको हातबाट क्याच भए। अर्जुन साउद पनि व्यक्तिगत २० रनमा आउट हुन पुगे। उनले दुईछक्का हाने।  करण केसीले केवल तीन बल खेल्दै ७ रन बनाउने क्रममा एक छक्का हिर्काउँदै नटआउट रहे। विकास आग्रीले दुई विकेट लिए। ठगुन्ना प्लेयर अफ दि म्याच घोषित भए।

मंगलवारको खेलपछि मधेश प्रदेश भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सुदूरसँग ८ विकेटले पराजित भएको मधेश नेपाल पुलिससँग पनि ५७ रनले पराजित भएको थियो। तर, नेट रनरेटको आधारमा मधेश प्रदेश सेमिफाईनल पुग्ने भाग्यमानी टोली बनेको छ।  

प्रकाशित: १२ मंसिर २०८० ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App