५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेट:सशस्त्रमाथि गण्डकीको रोमाञ्चक जित

फाइल तस्बिर

अन्तिम दुई बल बाँकी हुदाँ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि रोमाञ्चक जित दर्ता गरेको छ। अन्तिम ओभरको ३ बलमा जितको लागि ४ रनको खाँचो थियो।अन्तिम ओभरमा लगातार दुई विकेट गुमाएपछि धर्मराएको गण्डकी प्रदेशको स्ट्राईकमा अमृत गुरुङ थिए।

 गुरुङले फेस गरेको पहिलो बलमा अर्जुन ऐरीलाई सिधा छक्का प्रहार गर्दै शसस्त्र प्रहरी बलमाथि केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सनसनीपूर्ण जित निकाले।

सशस्त्र प्रहरीले दिएको १०२ रनको लक्ष्यलाई गण्डकी प्रदेशले पुरा गर्न निकै सकस व्यहोर्यो। अन्तिम ओभरमा कप्तान विपिन खत्री र सन्दीप क्षत्रीको विकेट गुमेपछि खेलमा गण्डकीको जित्ने सम्भावना कमजोर बनेको थियो। यद्यपी १९ औंभरमा अभिषेक थापाले छक्का प्रहार गर्दै आशा भने जगाएका थिए। अभिषेक थापाले अन्तिम ओभरको तेस्रो बलमा एक रन लिएर अमृत गुरुङलाई स्ट्राइक दिएका थिए। गुरुङले छक्का प्रहार गर्दै गण्डकीलाई महत्वपूर्ण जित मात्रै दिलाएनन्, घरेलु मैदानमा विभागीय टोलीमाथि रोमाञ्चक जित आत्मसात गराए।

टस हारेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरी बलले १८दशमलब ४ ओभर खेल्दै १०१ रनमा अलआउट भएको थियो। तीन ओभरमा १७ रनको अवस्थामा सशस्त्रले महत्वपूर्ण दुई विकेट गुमाएको थियो। आशिफ शेखलाई १२ रनमा गुमाएको थियो।कप्तान विपिन खत्रीले आफनो दोस्रो ओभरको पाँचौ बलमा एलबीडब्लु धरापमा पारे। लगत्तै सन्दीप जोरा पनि विपिनकै बलमा बोल्ड हुन पुगे। ओपनर प्रदीप ऐरीले इनिङ सम्हाल्ने प्रयास गरेपनि सफल भने हुन सकेनन्। उनी कमल परियारको बलमा एलबीडब्लु आउट भए। ऐरीले २० रन बनाउन २३ बल खेले। भुवन कार्की र सुमित महर्जन समान १४÷१४ रन बनाए। गण्डकीका लागि कप्तान विपिन खत्री, कमल परियार, अमृत गुरुङ र चन्द्र पौडेलले समान २ विकेट लिए। अमृत खेलको प्लेयर अफ दि म्याच घोषित भए।

१०२ रनको लक्ष्य पछ्याएको गण्डकीले अन्तिम दुई बल बाँकी छदाँ ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। झिनो लक्ष्य भएपनि सशस्त्र प्रहरीले अन्तिम ओभरसम्म धकेल्यो। मुस्कान थापा र दिनेश बुढामगरले तेस्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै जित तर्फ डोहोर्याएका थिए। मौसम ढकाल र अमर राउटेलाले क्रमश १० औं ओभरमा १६ रन र ११ औं ओभरमा ११ रन खर्चिएपछि गण्डकीलाई केही सहज भएको थियो। तर भुवन कार्की र अविनाश बोहोराको कसिलो बलिङले लक्ष्य पछ्याउन गण्डकीलाई निकै संघर्ष गर्नुपरेको थियो। दिनेश बुढा मगरले २४ रन बनाए। ३३ बल खेल्दै २ चौका र १ छक्का हिर्काए। मुस्कान थापाले २५ रन बनाउने क्रममा २३ बल खेल्दै ४ चौका हिर्काए। अभिनाश बोहोराले दुई विकेट लिए।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा शुक्रबार भएको पहिलो खेलमा बागमती प्रदेश सेमिफाईनल प्रवेश गरेको छ।रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।  

प्रकाशित: ८ मंसिर २०८० ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App