१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सोमबारबाट अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो

इटहरी- झन्डै १५ राष्ट्रका खेलाडी सहभागी हुने १२औं अन्तर्राष्ट्रिय ओपन मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) प्रतियोगिता सोमबारदेखि  इटहरीमा हुँदैछ ।
च्याम्पियनसिप इटहरी रंगशालाभित्रको कर्भड हलमा हुनेछ । प्रतियोगिता आयोजक संस्था अन्तर्राष्ट्यि फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) ले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा नेपालसहित युएसए, इङ्ल्यान्ड, अस्टे«लिया, कम्बोडिया, कतार, इन्डिया, बंगलादेश, अस्ट्रिया, घाना, नाइजेरिया, क्यानाडालगायतका खेलाडी सहभागी हुने जानकारी दिइयो ।
विदेशी खेलाडी आउने क्रम जारी रहेको आयोजक कमिटीका सचिव दीपेन्द्र दाहाल जानकारी दिए । ‘कतिपय राष्ट्रका खेलाडी अन द वे हुन सक्छन्,’ उनले भने, ‘उद्घाटनका क्रममा सहभागी देशका खेलाडीले प्ले कार्डसहित मार्चपास गर्नेछन् ।’ प्रतिस्पर्धा चलिरहेका बेला संगीत साधना प्रतिष्ठानले म्युजिक कार्यक्रम सञ्चालन गर्नेछ ।
राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापनका लागि ३० लाख रुपैयाँ सहयोग गरेको प्रतियोगितामा सात सय हाराहारी खेलाडी सहभागी हुनेछन् । ‘अफिसियल टिमसहित सबै गरेर एक हजार जना सहभागी हुने अनुमान छ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए ।
समापनका क्रममा सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रदान गरिनेछ । च्याम्पियनसिपमा उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउनेछन् । 

प्रकाशित: १७ पुस २०७४ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App