४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुरको आनन्दवनमा भीषण आगलागी, जोखिममा कुष्ठरोग अस्पताल

ललितपुरको आनन्द वनमा डढेलो फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ रहेको कुष्ठरोग अस्पताल समेत जोखिममा छ। गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो सल्किएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

उनका अनुसार डढेलोले आन्नद वन कुष्ठरोग अस्पताल जोखिममा रहेको र  लेलेतर्फको जंगलमा लागेको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको उनको भनाइ छ।

आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई सुरक्षित भवनमा सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले नागरिक न्यूजलाई जानकारी दिए।

आनन्द वनको कुष्ठरोग अस्पतालमा रहेका ६५ जना बिरामीलाई सारिएको छ।  

उनले भने, ‘आनन्द वन अस्पतालको नजिकै डढेलो आइपुगेको छ। आगो नियन्त्रणको प्रयास गरे पनि सुख्खा तथा भिरालो भू–बनोट र तीब्र गतिमामा चल्ने हावाका कारण नियन्त्रणमा लिन मुस्किल भएको छ। सबै ठाउँमा दमकल जाने अवस्था छैन। आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरेका छौ। डढेलो नियन्त्रणको प्रयास जारी छ।’

डढेलो निभाउन खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु । तस्बिरहरु: विजय राई/नागरिक

प्रकाशित: १८ वैशाख २०८१ १६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App