४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

खेल सामग्री हस्तान्तरण

कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरुप रु २० लाख बराबरको खेल सामग्री प्रदान गरिइएको छ ।आज काठमाडौमा आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई दुई ‘सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम’ हस्तान्तरण गरेका हुन।

सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति रहेको थियो । उक्त सामग्री खरिद गर्न श्रेष्ठदाजुभाइसहित अस्ट्रेलियाका सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेको बताइएको छ  । उहाँहरु सबै तेक्वान्दो खेलाडी हुनुहुन्छ।मुख्य प्रशिक्षक नवीनकुमार अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन्। निर्मल र निराजनले पाकिस्तानमा भएको नवौँं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए। दुवै विगत १८ वर्षदेखि अमेरिका बस्दै आएका छन।

कार्यक्रममा निराजनले नेपालकै चर्चितमध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउदा खुसी लागेको जनाउँदै खेलाडीको समस्यामा हरदम सधै साथ रहने प्रतिबद्धता व्यक्त गरे।

निराजनले भने, ‘म र मेरो दाइ (निर्मल) पनि कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हौंँ।मेरो दाइ (नवीन) हाम्रो गुरु हुनुहुन्छ।कोटेश्वर तेक्वान्दो डोजाङको काम प्रशंसनीय छ।खेलाडी उत्पादनमा डोजाङको भूमिका महत्वपूर्ण छ।त्यसैले हामी आफै र अरुसँग पनि सहयोग जुटाएर सानै भए पनि सहयोग गरौंँ भनेर सामग्री दिएका हौँं।आउने दिनमा पनि सक्दो सहयोग गर्छौ ।’ निर्मलले आफू विदेशमा भए पनि नेपाली तेक्वान्दो खेलाडीलाई सधै सहयोग गर्ने जानकारी दिँदै खेलाडीलाई अनुशासित र लगनशील भएर खेलमा लाग्न सुझाब दिए।

प्रकाशित: ३० कार्तिक २०८० १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App