४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ।

बिहीबार हेटौँडामा भएको एन्फाको विशेष साधारण सभा अन्तर्गत भएको निर्वाचनबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो।

मतदानमा ५३ मत खसेकोमा ५२ मत अध्यक्ष नहटाउने पक्षमा खसेको थियो भए एक मत बदर भएको थियो। अविश्वासको प्रस्ताव दर्ता गराएकाहरू भने मतदान कार्यक्रम बहिष्कार गरेका थिए। एन्फामा ८७ मत रहेको थियो। ३४ जना मतदान प्रक्रियाबाट बाहिरिएका थिए। योसँगै अब एन्फा अध्यक्षको पदले निरन्तरता पाउने भएको छ। 

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले अब फुटबल क्षेत्रको अन्यौल अन्त्य भएको बताए। समस्या आएपछि पटक पटक छलफल गर्दा पनि निष्कर्षमा पुग्न नसकेपछि विशेष साधारणसभामा जानुपरेको बताए। एन्फा महासचिव किरण राईले यो सँगै अब अध्यक्षसँग जोडिएका सबै विषयको अन्त्य भएको र फुटबल क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे। यता एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको वर्तमान नेतृत्वले गर्दै आएको अनियमितताको विषयमा आवाज उठाउन नछोड्ने प्रतिक्रिया दिए।

प्रकाशित: २३ कार्तिक २०८० ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App