६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आइसिसी विश्वकप: बंगलादेशले श्रीलंकालाई हरायो

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ।भारतको दिल्लीमा गएराती सम्पन्न खेलमा बंगलादेशले  श्रीलंकालाई ३ विकेटले पराजितले पराजित गरेको हो।

यो हारसंगै श्रीलंका  सेमिफाइनल दौडबाट बाहिरिएको छ। जितका बावजुत पनि बंगलादेश सेमिफाइनल दौडबाट बाहिरिएको छ । समूह चरणमा ९ खेल मध्ये ८ खेल खेलिसकेको बंगलादेशले जम्मा २ खेल जितेर ४ अंक पाएको छ । श्रीलंकाको पनि ८ खेलबाट ४ अंकनै रहेको छ । आयोजक भारत र दक्षिण अफ्रिका यस अघि नै सेमिफाइनलमा पुगिसकेका छन भने दुई टोलीको टुंगो लागेको छैन । अष्ट्रिेलिया, न्युजिल्याड, पाकिस्तान र अफगानिस्तान मध्ये दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन। अष्ट्रिेलियाले १० अंक पाएको छ भने  न्युजिल्याड, पाकिस्तान र अफगानिस्तानले समान आठ आठ अंक पाएका छन।अष्ट्रिेलियाले र अफगानिस्तानले दुई खेल खेल्न बाँकी रहेको छ भने न्युजिल्याड र पाकिस्तानले एक एक खेल खेल्न बाँकी  रहेको छ ।आज अष्ट्रिेलियाले र अफगानिस्तानविच खेल हुँदैछ ।  

यस अघि बंगलादेशविरुद्ध श्रीलंकाले  लागि २ सय ८० रनको विजयी लक्ष्य  प्रस्तुत गरेको थियो।जवाफमा बंगलादेशले ४१दशमलब १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।

बंगलादेशको जितमा नाज्मुल हसन सान्टोले सर्वाधिक ९० रन बनाए । सकिब अल हसनले ८२ रन बनाए। लिटन दास २३, महमुदूल्लाह रियाद २२, मुुश्फिकुर रहिम १० र मेहेदी हसन मिराज ३ रनमा आउट भए।

श्रीलंकाका दिलशान मदुशानकाले १० ओभरमा ६९ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । महेश थिक्सेना र एन्जिलो म्याथ्युजले समान दुई विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९दशमलब ३ ओभरमा २ सय ७९ रनमा अल आउट भएको थियो । श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिएका थिए । तर टोलीलाई शतकका बाबजुद जिताउन सकेनन्। पाथुम निसंकाले ४१ रन बनाए। कुशल परेरा ४ र कुशल मेन्डिस १९ रनमा आउट भएका थिए।

सदिरा समाराविक्रमाले  ४१ रनको योगदान दिए । बंगलादेशका तान्जिम हसन सकिबले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए। सकिब अल हसनले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । शोरिफुल इस्लामले ९दशमलब ३ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए।

प्रकाशित: २१ कार्तिक २०८० ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App