भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत नेदरल्याण्ड्सँगको खेल जित्नश्रीलंकाले २६३ रन बनाउनु पर्ने भएको छ।
भारतको लखनऊमा भईरहेको यो खेलमा श्रीलंकाविरुद्ध नेदरल्याण्ड्सले पहिला व्याटि ङ गर्दै ४९ दशमलब ४ ओभरमा २६२ रन बनाउँदा सबै विकेट गुमायो।
नेदरल्याड्सका लागि साइब्रैंड एंगलब्रेख्तले सबै भन्दा वढि ७० रन बनाए । त्यसैगरी लोगन वैन बीकले ५९ रन , कॉलिन ऐकरमैनले २९ तथा मैक्स ओुडाउड र कप्तान स्कॉट एडवर्ड्सले १६ १६ रन बनाए।
श्रीलंकाको लागि दिलशान मदुशंका र कसुन रजिताले चार चार विकेट लिए।
जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।
जारी खेलमा यी दुवैको यो चौथो खेल हो ।नेदरल्याण्ड्स ३ मा १ खेल जितेर २ अंकका साथ तालिकाको आठौ स्थानामा रहेको छ भने श्रीलंका तीनै खेल हारेर अंकविहिन तालिकाको पुछारमा रहेको छ।
प्रकाशित: ४ कार्तिक २०८० ०९:४५ शनिबार