१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

शेर्पा काल्सबर्ग गल्फ च्याम्पियन

काठमाडौं- आङ छिरिङ शेर्पाले शनिबार स्टेबलफोर्ड ३६ स्कोर गर्दै गोकर्ण गल्फ क्लबमा भएको काल्सबर्ग गल्फ शृंखलाको दोस्रो संस्करणमा उपाधि जितेका छन् ।
७ ह्यान्डीक्यापका साथ खेलेका शेर्पा फ्रन्ट नाइनमा ९ ह्यान्डीक्यापका माधव सिम्खडा, १ ह्यान्डीक्यापका विजय श्रेष्ठइन्हाउस र वाङचेन धोन्दुपसँग बराबरीको अवस्थामा थिए । तर ब्याक नाइनमा १९ स्कोर गर्दै शेर्पाले उपाधिमा कव्जा जमाए । ब्याक नाइनमा सिम्खडाले १८, धोन्दुपले १७ तथा इन्हाउसले १५ स्कोर गरेका थिए ।
नेटतर्फ सिम्खडा उपविजेता बन्दा ग्रसतर्फको उपाधि ३५ स्कोर गरेका धोन्दुपले जिते । समान स्कोर गरे पनि उनले काउन्ट ब्याकमा पृथ्वी मल्ल र इन्हाउसलाई पछि पार्दै उपाधि जितेका थिए । ब्याक नाइनमा धोन्दुप र मल्लले समान १७ स्कोर गरे भने इन्हाउसले १५ स्कोर गरेका थिए । काउन्ट ब्याक नियमअ नुसार अन्तिम ६ होलमा गरेको ११ स्कोर धोन्दुपलाई जितका लागि पर्याप्त भयो । मल्लले भने अन्तिम ६ होलमा १० स्कोर गरेका थिए ।
रेखा घिमिरेले ३० स्कोरका साथ महिलातर्फको उपाधि जित्दा २८ स्कोर गरेकी कासमिरा शाह उपविजेता भइन । यसैगरी भाइराजा पाण्डे ६० वर्षमाथिको स्प्र्धामा विजेता बन्दा दमनबहादुर घले उपविजेता भए ।
फुन्सोक एन लामाले लङगेस्ट ड्राइभको पुरस्कार जित्दा कोरियाली गल्फर वाइडी क्वोन क्लोजेस्ट टु दी पिनको विजेता भए । त्यस्तै ४ बर्डीका साथै एक इगल प्रहार गरेका इन्हाउसले मोस्ट बर्डीजको पुरस्कार जिते ।
स्टेबलफोर्ड पद्दतिअनुसार ३÷४ ह्यान्डीक्यापमा खेलाइएको प्रतियोगिताको दोस्रो शृंखला समाप्तीसँगै २ सय स्कोरका साथ शेर्पा अग्रस्थानमा रहँदा १ सय ७० स्कोरका साथ धोन्दुप दोस्रो, १ सय ४० स्कोरका साथ सिम्खडा तेस्रो, १ सय स्कोरका साथ आङ दोर्जी शेर्पा चौथो तथा ८० स्कोरका साथ इन्हाउस पाँचौं स्थानमा छन् ।
ग्रसतर्फ धोन्दुप ३ सय स्कोरका साथ सबभन्दा अगाडि रहँदा मल्ल १ सय ९० स्कोरका साथ दोस्रो स्थानमा छन् । यसैगरी टासी छिरिङ १ सय ५० स्कोरका साथ तेस्रो स्थानमा छने भने मिथुन राई र इन्हाउस समान १ सय स्कोरका साथ संयुक्त रुपमा चौथो स्थानमा छन् । फेब्रुअरीमा हुने अन्तिम शृंखलाले दुवै विधाका विजेताको टुंगो लगाउनेछ ।

प्रकाशित: २९ आश्विन २०७४ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App