११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबिच खेलाडीहरूलाई बिदाइ गरेका हुन्। 

नेपालले यही २७ सेप्टेम्बरमा मङ्गोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलङ्का वा बङ्गलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ। बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरूको रहेको बताए। उनले मेडल हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए। 

उनले भने ‘राम्रो अभ्यास गरेका छौँ। हामी सबैको लक्ष्य मेडल जित्ने छ। त्यसको लागि सम्पूर्ण खेलाडीहरू रेडी छौँ। आउने दिनमा एकदमै राम्रो गर्नेछौँ।’

खेलाडीहरूलाई बिदाइ गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्ने गरी मनोबल कमजोर नहुने गरी आफूहरू लाग्ने बताउनु बताए। उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाए। उनले नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए। अध्यक्ष चन्दले क्रिकेट खेललाई नेपालमा धेरैले रुचाएको भन्दै थप मनोबल बढ्ने गरी खेल्न आग्रह गर्दै जितको शुभकामना दिए।उनले भने, ‘पहिलाको भन्दा उत्कृष्ट रुपमा यो कार्य समितिले यहाँहरूको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुने गरी हामी हौसला बढाउने छौँ। एसियाडको अग्रिम शुभकामना छ। हामी मेडलका लागि उच्च मनोबलका साथ खेल्नेछौँ। यसमा सम्भावना छ। नेपालको शिर उच्च हुने गरी खेलिरहनुभएको छ। मनोबल बढी रहेको छ। सबैले मन पराउनुभएको छ। एकताबद्ध भएर खेल्नुपर्छ।’

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा आफूहरू रहेको बताए। उनले कुनैपनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भुमिका खेलेको बताए। देशलाई जिताउन नयाँ सोच र रणनीतिका साथ अघि बढ्ने बताए। उनले अहिलेको नेपालको लक्ष्य मेडल जित्ने रहेको बताए।

नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन्। 

प्रकाशित: ७ आश्विन २०८० ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App