६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एन्फा भित्रको विवाद उत्कर्षमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाली फुटबलभित्रको विवाद एक पटक फेरि उत्कर्षमा पुगेको छ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधारको नेतृत्वमा रहेको ४९ सदस्यको हस्ताक्षरसहित सोमबार एन्फाका वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव राईबिरुद्ध अविश्वासको प्रश्ताव दर्ता गराएका थिए। सो टोलीले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई नै भेटेर अविश्वासको प्रश्ताव दर्ता गराएका हुन् । यससँगै नेपाली फुटबलमा विवाद फेरि उत्कर्षमा पुगेको छ। वर्तमान नेतृत्वले विधान विपरित काम गरेको आरोपसहित नेपाली फुटबलको बिद्रोह पक्षले अविश्वास प्रस्ताव अघि बढाएका छन्।

संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्तासँगै अध्यक्ष निलम्वनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए। पूर्वमहासचिव तुलाधरले अविश्वासको प्रश्ताव भएसँगै अध्यक्षज्यु निलम्वनमा परिसकेकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको बताए। वर्तमान नेतृत्वले विधानविपरीत काम गर्दै आएकाले निलम्वनको प्रश्ताव दर्ता गराएको एन्फाका पूर्वमहासचिव तुलाधारले बताएका छन्।

एन्फाको विधानलाई पछ्याउँदै आफूहरूले फुटबल बचाउने अभियानमा एकमत भएको बिद्रोही पक्षको भनाइ छ। विधानविपरीत हुन लागेको साधारण सभामा आफूहरू नगएको र आगामी दिनमा पनि नजाने विद्रोही पक्षको आरोप छ।

डिभिजन लिगका क्लवहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए। उनीहरूले भौतिक उपस्थिती नभए बहिस्कार गर्ने र अध्यक्षबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए। क्लवहरूको चेतावनीलाई बेवास्ता गर्दै एन्फाले आईतवार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमवार बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव अगाडि बढाउनु परेको एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए। साथै उनले नैतिकता आधारमा अध्यक्ष र महासचिवले राजीनामा दिनुपर्ने समेत बताए।  

कोरम नपुगेका कारण आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको थियो। क्लवको विरोधका बाबजुद आईतवारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिति भएपछि स्थगित गर्नुपरेको हो। एन्फाले आईतवार कोरम नुपेगपछि साधारण सभा सोमवार बोलाउने निर्णय गरेको थियो। सोमवार पनि कोरम नपुगेपछि एन्फाले साधारण सभा स्थगित गरेको हो। 

प्रकाशित: २५ भाद्र २०८० १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App