६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

स्पेनिस पुटबल महासङ्घका अध्यक्ष लुइसद्वारा पदबाट राजीनामा

स्पेनिस पुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सले राजीनामा दिएका छन्।

महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १–० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियाल्सले स्पेनिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेपछि विवादमा तानिएका थिए।

३३ वर्षीया हेर्मोसोले गत मङ्गलवार यो सहमतिमा नभएको भन्दै रुबियाल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन्। रुबियाल्सले कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई आफूले राजीनामा बुझाएको बताएका छन्।  

४६ वर्षीय रुबियाल्सले यूईएफएको उपाध्यक्ष पदबाट समेत राजीनामा दिएका छन्। रुबियाल्सको चुम्बन विवादले गर्दा पहिलो पटक विश्वकप जितेको स्पेनिस फुटबलको चर्चा छायामा परेको छ।

रुबियाल्सले चुम्बन आपसी र सहमतिमा भएको बताउँदै आएका थिए। तर, विश्व पुटबलको सर्वोच्च निकाय फिफाले भने उनलाई प्रारम्भिक रुपमा निलम्बन गरेको थियो।

प्रकाशित: २५ भाद्र २०८० ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App