६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

इङ्ल्यान्ड फाइनलमा

खेलको अन्त्यतिर लाउरेन हेम्प र एलेसिया रुसोको गोल प्रेरणामा इङ्ल्यान्डले सिड्नीमा अस्ट्रेलियालाई ३–१ ले हराउँदै महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ।  

यसअघि दुई पटक सेमिफाइनलमा स्थान बनाएको इङ्ल्यान्डले यस पटक भने अवसर सदुपयोग गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गर्यो। गत वर्ष युरोपियन च्याम्पियन बनेको इङ्ल्यान्डले पहिलो पटक महिला विश्वकपको उपाधि उचाल्ने सम्भावना जारी राखेको छ। इङ्ल्यान्डले पहिलो हाफ सकिन ९ मिनेट बाँकी छँदा अग्रता लिएको थियो। म्यानचेस्टर युनाइटेडकी इला टोनेले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। चोटबाट फर्केकी आयोजक अस्ट्रेलियाकी स्टार खेलाडी साम केरले जारी विश्वकपमा पहिलो पटक सुरुआती अवसर पाइन्।  

तर, दोस्रो हाफमा उनले विश्वस्तरीय गोल गर्दै आफ्नो पुनरागमनलाई सही साबित गरिन्। मैदानको मध्य भागबाट बल अगाडि बढाउँदै उनले करिब ३० यार्ड टाढाबाट सशक्त गोल गरेकी हुन्। उनको त्यो गोलसँगै ७५ हजार सात ८४ दर्शक रहेको सिड्नी रंगशालामा खुसीको माहोल बन्यो। यद्यपि, त्यसको आठ मिनेटपछि नै घरेलु दर्शक निरास बन्न बाध्य भए। हेम्पले अस्ट्रेलियन डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै गोल गरिन्। खेल सकिन चार मिनेट बाँकी छँदा  

इङ्ल्यान्डले तेस्रो गोल गरेसँगै घरेलु टोलीको खेलमा फर्कने आशा लगभग समाप्त भयो।  

अस्ट्रेलियन डिफेन्डरबीच तालमेल बन्न नसक्दा रुसोले त्यसको फाइदा उठाउँदै  

इङ्ल्यान्डलाई ३–१ ले अगाडि बढाइन्। त्यसपछि थप गोल हुन सकेन र घरेलु टोली स्तब्ध बन्न बाध्य भयो। इङ्ल्यान्डले आइतबार यही स्टेडियममा बलियो स्पेनिस टोलीसँग खेल्नेछ। स्पेनले भने सेमिफाइनलमा स्विडेनमाथि २–१ को जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो। इङ्ल्यान्डले सन् २०१५ र सन् २०१९ को विश्वकपमा पनि सेमिफाइनलमा स्थान बनाएको थियो। तर, दुवै पटक सेमिफाइनल चरण पार गर्न सकेन। अहिलेसम्म महिला विश्वकपमा इङ्ल्यान्डको उत्कृष्ट नतिजा तेस्रो स्थान हो।

प्रकाशित: ३२ श्रावण २०८० ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App