६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

महिला विश्वकपमा दर्शक संख्या बढ्दो

तस्बीर साभारः सीएनएन

अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा दर्शकको संख्या बढेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ।

जारी महिला विश्वकपमा अन्तिम १६ को समीकरण पूरा हुँदा कुल ४८ खेल भएका थिए। अहिलेसम्म १२ लाख २२ हजार आठ सय २२ जनाले प्रत्यक्ष महिला विश्वकप हेरेको फिफाको तथ्यांक छ। यो तथ्यांक चार वर्षअगाडि फ्रान्समा सम्पन्न विश्वकपभन्दा अहिले २९ प्रतिशतले बढी हो। फिफाले आशा गरिएभन्दा बढी दर्शकले महिला फुटबल हेरेको पनि जनाएको छ। शनिबारदेखि नकआउट चरणको खेल हुँदै छ। अहिलेसम्म औसत २५ हजारले फुटबल हेरेको आयोजकको भनाइ छ।  

यस पटक महिला विश्वकप निकै रोमाञ्चक बनिरहेकाले पनि नकआउट चरणमा दर्शक बढ्ने फिफाको विश्वास छ। न्युजिल्यान्डमा भन्दा अस्ट्रेलियामा धेरै दर्शक आएका छन्। जापानले न्युजिल्यान्डमा कोस्टारिकालाई २–० ले हराउँदा सात हजार दर्शक उपस्थित थिए। जसले गर्दा रंगशालाका सिट केही खाली देखिएको थियो। अहिलेसम्म १७ लाख १५ हजार टिकट बिक्री भइसकेका छन्। यो फिफाको १३ लाख लक्ष्यभन्दा बढी हो। ‘फाइनल सम्ममा अभैm धेरै दर्शक आउने विश्वास छ।  

करिब १९ लाख दर्शकले स्टेडियमको ढोका पार गर्नेछन् भन्नेमा हामी विश्वस्त छौं,’ फिफाकी महिला फुटबल प्रमुख सेराई बेरमेनले भनिन्, ‘यस विश्वकप पनि उत्कृष्ट भइरहेको छ। त्यसैले हाम्रा आशाभन्दा धेरै पक्षले बढी नै भइरहेको छ। विभिन्न सञ्चारमाध्यमबाट पनि फुटबल हेर्ने दर्शक बढेको छ। अमेरिका र नेदरल्यान्ड्सबीचको खेल अहिलेसम्मकै धेरै दर्शकले टेलिभिजनबाट हेरेको फिफाले जनाएको छ।’  

प्रकाशित: २० श्रावण २०८० ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App