१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एसीसी इमर्जिङ टिम्स एसिया कपः नेपालले आज पाकिस्तान 'ए' सँग खेल्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा आज पाकिस्तान 'ए' सँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ।  

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा हुने खेलमा जितको खोजीमा दुबै टिम हुनेछ। बिहिबारबाट सुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन्। 

समूह 'बी'मा रहेकाे नेपालले दोस्रो खेल भारतको 'एु'टोलीसँग साउन १ गते र तेस्रो खेल यूएईको 'ए' टोलीसँग साउन ३ गते खेल्नेछ। 

त्यस्तै समूह 'ए' मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका 'ए' टोली छन्। दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ।

प्रकाशित: २९ असार २०८० ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App