१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कबड्डी संघमा तुलसी थापा

अखिल नेपाल कबड्डी संघको बुधबार सम्पन्न अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। थापा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमकी धर्मपत्नी हुनुहुन्छ।

संघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित हुनुभएको छ। त्यसै गरी महासचिवमा अरविन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित हुनुभएको छ।

यस्तै सदस्यमा तेजबहादुर विष्ट, नीराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी निर्वाचित हुनुभएको छ।

संघको यस अधिवेशनमा देशका विभिन्न ४२ जिल्लाका प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जानकारी दिएको छ। यसैगरी नवनिर्वाचित कार्यसमितिको बुधबारै बसेको पहिलो बैठकले एक वर्षभित्र कबड्डी लिगसुरु गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, १९औँ एसियन खेलमा महिला कबड्डीलाई तत्काल वैदेशिक प्रशिक्षकको व्यवस्था मिलाउने, यस खेलसम्बन्धी तालिम दिने, महिला सशक्तीकरण कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

यसैगरी सो कार्यसमिति बैठकले विसं २०३७ देखि २०८० सम्म सम्पन्न अन्तर्राष्ट्रिय कबड्डी पदकधारी खेलाडीलाई केही समयभित्रै नगदसहित सम्मान गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २८ असार २०८० ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App