१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स ट्रफी आजबाट : समयमै उपस्थित हुन दर्शकलाई आग्रह

लन्डन- आयोजक इङ्ल्यान्ड र  बंगलादेशबीच बिहीबार दी ओभलमा हुने च्याम्पियन्स ट्रफीको उद्घाटन खेलका लागि दर्शकलाई निर्धारित समयमै मैदानमा उपस्थित हुन आयोजकहरूले आग्रह गरेका छन्। समयमै आइनपुगे उनीहरूले सुरुआतका केही रमाइला दृष्यहरू गुमाउने भन्दै सचेत बनाइएको छ।

जुन महिनाको बिहानी सत्रमा पनि बादलका कारण बल स्विङ गर्न मद्दत पुग्नुलाई इङ्ल्यान्डमा क्रिकेटको रोमाञ्चक पक्षका रूपमा लिइन्छ।

सोमबार लडर््समा दक्षिण अफ्रिकाका ओपनिङ बलर कासिगो रावाडा र बायन पोर्नेलसामु टिक्न नसकेपछि इङ्ल्यान्डले पाँच ओभरमा २० रन जोड्दै ६ विकेट गुमाएको थियो। इङ्लिस विकेटको रोमाञ्चलाई यसले पनि प्रस्ट पार्छ। इङ्ल्यान्डले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा गरेको यो अहिलेसम्मकै खराब सुरुआत हो।

मंगलबार ओभलमा अन्तिम अभ्यास खेलमा च्याम्पियन्स ट्रफीको साबिक विजेता भारतविरुद्ध ३ सय २४ रनको लक्ष्य पछ्याएको बंगलादेश नाटकीय रुपमा ८४ रनमा सीमित हुनुले पनि यसलाई पुष्टि गर्छ। 

पक्कै पनि बंगलादेश २ सय ४० रनको अन्तरमा पराजित हुन चाहँदैनथ्यो। त्यस्तै २०१५ को विश्वकप क्रिकेटको समूहचरणबाट बाहिरिएपछि उल्लेख्य सुुधार गरेको इङ्ल्यान्डमा पनि माथिल्लो क्रमका ब्याट्सम्यान सस्तोमा पवेलियन फर्केको हेर्ने चाहना थिएन।  दक्षिण अफ्रिकाविरुद्धको तीन एकदिवसीय शंृखलामा २–० को अग्रता लिनाका बावजुद अन्तिम खेलमा ब्याटिङमा जम्न नसकेपछि इङ्ल्यान्ड ७ विकेटको नतिजा सुम्पन बाध्य भएको थियो।

अलराउन्डर बेन स्टोक्स र क्रिस ओक्स पूर्ण रूपमा फिट रहे लडर््समा इङ्ल्यान्डका लागि अर्धशतक प्रहार गरेका जोनी बेरिस्ट बिहीबारको खेलमा टोलीमा नपर्न सक्छन्।

‘रक्षात्मक खेल्दै यस्तो ठूलो प्रतियोगितामा कुनै पनि टोलीले उपाधि जितेको मैले देखेको छैन,’ एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डलाई पहिलो प्रमुख उपाधि जिताउने लक्ष्यमा रहेका प्रशिक्षक ट्रेभोर बेलिसले भने, ‘तर हामी बंगलादेशविरुद्ध स्वाभाविक रूपमा आक्रामक खेल्दै जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छौं।'

सोमबार भारतविरुद्ध ७.३ ओभरमा ६ विकेट गुमाउँदै मात्र २२ रन जोडेको बंगलादेशको प्रदर्शन पनि इङ्ल्यान्डको जस्तै खराब छ।

तर सोमबारको खेलमा २४ रन प्रहार गर्दै बंगलादेशको तर्फबाट सर्वाधिक रन प्रहार गर्ने खेलाडी बनेका मेहदी हसनले आयोजक इङ्ल्यान्डलाई पराजित गर्न आफूहरू सक्षम रहेको विश्वास व्यक्त गरेका छन्।

‘हो, हामीले इङ्ल्यान्डविरुद्धको पछिल्ला केही खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छौं र यसका लागि हामी आत्मविश्वासी छौं,’ हसनले भने।

‘पक्कै पनि भारतविरुद्धको नतिजाले हाम्रो मनोबलमा केही असर गर्छ तर यो अभ्यास खेल हो,’ उनले भने, ‘च्याम्पियन्स ट्रफीको पहिलो खेल भएकाले पनि यो हाम्रो लागि महŒवपूर्ण छ। तयारी राम्रो भएकाले हामी विश्वस्त छौं।’

च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा यी दुई टोली एकआपसमा प्रतिस्पर्धा गर्दा दुवैलाई सन् २०१५ को विश्वकप क्रिकेटको खेलले झकझकाउने छ। एडेलेइड ओभलमा सम्पन्न उक्त खेलमा माहमु्दुल्लाको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले इङल्यान्डविरुद्ध सम्झनालायक जित दर्ता गरेको थियो।

‘विगतमा तपाईंले जे गरे पनि त्यसले थोरै आत्मबल दिने मात्र हो। नयाँ खेलमा फेरि सुरुबाट खेल्नुपर्छ,’ उनले भने, ‘त्यसैले इङ्ल्यान्डविरुद्ध पहिला जे गरे पनि अहिले राम्रो सुरुआत गर्नु आवश्यक छ र हामी यसमै केन्द्रित छौं। ’

प्रकाशित: १८ जेष्ठ २०७४ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App