१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप फुटबल : कुवेतसँग नेपाल पराजित

साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको  उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो।

पहिलो पटक साफमा सहभागी भएको  कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे ।नेपालका अन्जन विष्टले एक गोल गरेका हुन ।  

नेपाल मध्यान्तर सम्म २ ० ले पछि पछाडि परेको थियो । मध्यान्तर पछि कुवेतले एक तथा नेपालले एक गोल गरेको हो ।   ३- ० ले पछि परेको बेला नेपालका अन्जन विष्टले ६८ औं मिनेटमा गोल गरेर ३-१ को स्थीतीमा ल्याएपनि हार टार्न सकेनन ।अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन। यस संस्करणमा कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा रहेका हुन।

अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ।यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा  असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।

प्रकाशित: ६ असार २०८० १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App