१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पारसको टिम पराजित

धनगढी-शरद भेषावकरको अलराउन्ड प्रदर्शनप्रेरित विराटनगर किंग्सले मंगलबार पारस खड्काको धनगढी टिम चौराहलाई २३ रनले हराउँदै धनगढी प्रिमियर लिग (डिपिएल) मा विजयी सुरुआत गरेको छ।

धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्त्याइएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रनको योगफल खडा गरेको थियो । दशौं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी आउट हुँदा ६–३८ को स्थितिमा रहेको विराटनगरलाई कप्तान शरद र अनिल शाहले सम्मानजनक योगफलतर्फ डो¥याएका थिए ।

अनिल र शरदले चौथो विकेटका लागि ३२ बलमा ५७ रनको साझेदारी गरेका थिए । १०.३ ओभरमा ५० रनको स्थितिमा रहेको विराटनगरले १६.१ ओभरमा १ सय रन पूरा गरेको थियो । १५औं ओभरको अन्तिम बलमा अनिल सुसन भारीको बलमा आरिफ शेखमार्फत क्याच भए । अनिलले १७ बलमा ३ छक्कासहित २८ रन बनाए । त्यसपछि शरदले प्रनित थापामगरसँग ३२ रनको साझेदारी गरे ।

३२ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको योगदान गरेका शरद अन्तिम बलमा रनआउट भएका थिए । प्रनितले १४ बलमा २ चौका र १ छक्का हाने ।

टिम चौराहका ललित राजवंशीले २ विकेट लिँदा रामनरेश गिरी, आरिफ र सुसनको नाममा १÷१ विकेट रह्यो ।

१ सय ३५ रनको लक्ष्य पछ्याएको टिम चौराह कुनै पनि समय बलियो स्थितिमा देखिएन । पाँचौं ओभरमा राजु रिजाललाई पहिलो विकेटका रूपमा गुमाएको चौराहले त्यसपछि निरन्तर विकेट गुमायो । टिमको भरोसाको रूपमा रहेका कप्तान पारस २ रन बनाएर पवेलियन फर्किए ।

अमर राउटेला र सुसनले आठौं विकेटका लागि ३४ रनको साझेदारी गरेर आशा जगाएका थिए । तर १८ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाएका अमर सुशील कँडेलको बलमा बोल्ड भएपछि टिम चौराहले ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।

चौराहका कप्तान पारसले राम्रो ब्याटिङ गर्न नसकेकाले लक्ष्य कम भए पनि जित हासिल गर्नबाट चुकेको बताए ।

विराटनगरका कप्तान शरदले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । समान ३ विकेट लिएका सुशीलले ४ ओभरमा २३ रन दिए । जितेन्द्र मुखियाले २ विकेट लिँदा दीपेन्द्रसिंहको नाममा १ विकेट रह्यो ।

४५ रनसहित ३ विकेट लिएका कप्तान शरद म्यान अफ दी म्याच हँुदै १० हजार रुपैयाँ नगद पुरस्कार जिते । उनले योगफल ठूलो नभए पनि उत्कृष्ट फिल्डिङका साथै समयमा विकेट लिन सकेकाले जित्न सफल भएको बताए ।

मंलगबारै काठमाडौं गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौंले ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

काठमाडौंका लगि भुवन कार्कीले सबैभन्दा धेरै अविजित ३६ रन बनाए । आक्रामक ब्याटिङ गरेका भुवनले १४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भुवनले सन्दीप जोरासँग ३४ रनको अविजित साझेदारी गरेका थिए । ओपनर सुवेन्दु पाण्डेले १९ रन जोडे । सुवेन्दुले कप्तान वसन्त रेग्मीसँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । वसन्तले १४ रन जोडे । मञ्जित श्रेष्ठले १६ रनको योगदान गरे ।

कञ्चनपुरका अविनाश कर्णले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । सोनु तामाङ, सुनील धमला, कुशल भुर्तेल र कमल सिंहले १÷१ विकेट लिए ।

ओपनर सागर पुनले कञ्चनपुरलाई राम्रो सुरुआत दिए पनि तल्लो क्रमका

ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा विनोद भण्डारीको टोलीले प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्‍यो।

४१ बलमा ६ चौकासहित ४० रन जोडेका सागरले पहिलो विकेटका लागि सुनील धमलासँग २८ र दोस्रो विकेटका लागि हसिम अन्सारीसँग ४४ रनको साझदोरी गरेका थिए । त्यसपछि कञ्चनपुरका कुनै ब्याट्सम्यानले ठोस साझेदारी गर्न सकेनन् । दशौं विकेटका लागि अविनाश र ललित भण्डारीले अविजत २१ रनको साझेदारी गरे पनि टोलीको जितका लागि त्यो पर्याप्त भएन ।

कञ्चनपुरका कप्तान विनोदले कुनै पनि खेलाडीले लामो इनिङ खेल्न नसकेका कारण हार्नुपरेको बताए । उनले थपे, ‘सागरबाहेक हाम्रा कुनै पनि ब्याट्म्यानले टिकेर खेल्न सकेनन् ।’

काठमाडौंका वसन्त रेग्मी र सन्तोष भट्टले समान २/२ विकेट लिए भने सोमपाल कामी, सन्दीप र मञ्जितको नाममा १/१ विकेट रह्यो ।

काठमाडौंका कप्तान वसन्तले ठीक समयमा विकेट सकेकाले सफलता मिलेको बताए । ‘पहिलो खेलमा हारे पनि दोस्रो खेलमा सही समयमा महत्वपूर्ण विकेट लिन सकेकाले जित हात पा¥यौं ।’

 

 

बुधबारको खेल

सिवाइसी अत्तरियाविरुद्ध रुपन्देही च्यालेन्जर्स

विराटनगर किंग्सविरुद्ध काठमाडौं गोल्डेन्स

 

प्रकाशित: ३० चैत्र २०७३ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App