१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अब्दुल्ला र रानीलाई उपाधि

काठमाडौं- अब्दुल्ला रकिब र ७३ वर्षिय रानी हमिदले एसियन जोनल ३.२ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। बंगलादेशका ग्रान्ड मास्टर अब्दुल्लाले सोमबार प्रतियोगिताको अन्तिम दिन आफ्नै देशका ग्रान्ड मास्टर इनामुल हुसेनलाई हराए।

महिला अन्तर्राष्ट्रिय मास्टर रानीले सोमबार नेपालकी मतिना कुसीलाई हराएकी थिइन्। विजेता बनेका अब्दुल्लाले १५ सय डलर र रानीले १ हजार डलर पुरस्कार पाए।

जितपछि अब्दुल्ला जर्जियामा हुने विश्वकप बुद्धिचाल प्रतियोगितामा सहभागी हुनेछन्। विश्वकप सेप्टेम्बरमा हुनेछ। प्रतियोगितामा च्याम्पियन बन्दा ९ खेलबाट अब्दुल्लाले ८ अंक जोडेका थिए।

यसै गरी ८ अंक जोड्दै रानी हमिद महिलातर्फको विजेता बनिन्। रानीले साबिक विजेता समिमा अख्तरलाई हेड टु हेडका आधारमा हराउँदै पहिलो भएकी हुन्।

महिला अन्तर्राष्ट्रिय मास्टर रानीले सोमबार नेपालकी मतिना कुसीलाई हराएकी थिइन्। विजेता बनेका अब्दुल्लाले १५ सय डलर र रानीले १ हजार डलर पुरस्कार पाए।

यसै गरी दोस्रो भएकी समिमाले टाइब्रेकमा नेपालकी सविना श्रेष्ठलाई पराजित गरिन्। प्रतियोगितामा पुरुषतर्फ साबिक विजेता बंगलादेशका ग्रान्ड मास्टर जिउर रहमान ७.५ अंकका साथ दोस्रो भए। जिउरले नेपालका केशव श्रेष्ठलाई हराएका थिए।

बंगलादेशका ग्रान्ड मास्टर नियाज मुर्सिद ७ अंकसहित तेस्रो भए। उनी आफ्नै देशका फिडे मास्टर हसन मेहेदीसँग बराबरीमा रोकिएका थिए। श्रीलंकाका कालुगाम्पिटिया आर एसले प्रतियोगितामा चौथो स्थान प्राप्त गरे। कालुगाम्पिटियाले नेपाली खेलाडी हिमाल लामालाई हराउँदै ६ अंक जोडेका थिए। जितपछि कालुगाम्पिटियाले फिडे मास्टरको उपाधिसमेत हासिल गरे।

बंगलादेशका फिडे मास्टरद्वय हसन मेहेदी पाचौं र रहमान साइद मफजुर छैटांै स्थानमा रहे। नेपालका क्यान्डिडेट मास्टर मदनकृष्ण कायस्थले सातौं स्थान प्राप्त गरे। हसन, रहमान र मदनकृष्णले समान ५.५ अंक जोडे।

नेपालका क्यान्डिडेट मास्टर केशव श्रेष्ठ, बंगलादेशका ग्रान्ड मास्टर इनामुल हुसेन र फिडे मास्टर मोहम्मद तैवुर रहमानले क्रमशः आठौं, नवौं तथा दशौं स्थान प्राप्त गरे।

प्रतियोगितामा नेपालका हिमाल लामा, नवीन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेट मास्टरको उपाधि हासिल गरे। महिलातर्फ पनि बंगलादेशी खेलाडी अगाडि रहे। बंगलादेशकी फिडे मास्टर नजराना खानले ६ अंक जोड्दै तेस्रो स्थान हासिल गरिन्।

बंगलादेशकै सरमिन समिहा सिम्मी र महिला फिडे मास्टर सुल्ताना सरमिन सिरिनले समान ५.५ अंक जोडे। हेड टु हेडका आधारमा सरमिन चौथो र सुल्ताना पाँचौं भए। प्रतियोगिताबाट सरमिन समिहा सिम्मी र श्रीलंकाली सौम्य जनावले महिला क्यान्डिडेट मास्टर उपाधि पाए।

श्रीलंकाली सौम्य जनाव ५ अंक जोडेर छैटौं भइन्।  बंगलादेशकी महिला फिडे मास्टर महमुदा हक चौधरी, नेपालका शान्ता थापा, सविना श्रेष्ठले क्रमशः सातौं, आठौं र नवौं स्थान प्राप्त गरे। नेपालकी मतिना कुसीले २ अंक जोडेर दशौं स्थान प्राप्त गरिन्। प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका गरी ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७३ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App