१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विज्ञ समूहसँग बैठक

काठमाडौं- नेपालका ए डिभिजन क्लब प्रतिनिधिसँग बुधबार एएफसी लिग विकास विज्ञ समूहले बैठक गरेको छ। एएफसीका दुई प्रतिनिधि एएफसी विकास अधिकृत योगेश देसार्इं र एएफसी लिग व्यवस्थापन विज्ञ परामर्शकर्ता ट्रोय म्याकोलले नेपाली क्लबसँग फुटबल विकास र व्यवस्थापनको बारेमा छलफल गरेका थिए। कार्यक्रममा अखिल नेपाल फुटबल संघ(एन्फा) पदाधिकारीको पनि उपस्थिति थियो।

बैठकमा एएफसीको टोलीले घरेलु लिग खेललाई बिदाको समयमा पार्ने योजना अगाडि सारेको थियो।

क्लब प्रतिनिधिले लिगको अधिकांश खेल बिदाको समयमा पार्ने योजनाका बारेमा खुसी व्यक्त गरेको एन्फाले बताएको छ। विज्ञ समूहले लिगलाई विगतको तुलनामा लोकप्रिय बनाउन विभिन्न सुझावसमेत दिएको एन्फाले बतायो।

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App