६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

चर्च व्वाईज ए डिभिजन लिगको अग्रस्थानमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च व्वाईज युथ क्लव तालिकाको अग्रस्थानमा उक्लीएको छ।  

दशरथ रंगशालामा आज साँझ भएको खेलमा  चर्च व्वाईज युथ क्लवले सातदोवाटो युथ क्लवलाई  १-० हराउँदै तालिकाको पहिलो स्थानमा उक्लीन सफल भएको हो। चर्च व्वाईजलाई जिताउन  सुभाष गुरुङले ६३ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।  चर्च व्वाईज १८ खेलबाट ३३ अंक जोडेर  अग्र स्थानमा रहेको छ।

पराजित  सातदोवाटो युथ क्लव १८ खेलबाट २६ अंकका साथ पाँचौ स्थानमा रहेको छ। १८ खेलबाट  समान २६ अंक पाएको  थ्रीस्टार क्लब गोल अन्तरका आधारमा तालिकाको चौथो स्थानमा रहेको छ ।

दोश्रो  स्थानमा रहेको जावलाखेल युथ क्लवको १८ खेलबाट ३१ अंक रहेको छ भने तेश्रो स्थानमा रहेको मछिन्द्र युथ क्लबले ३० अंक रहेको छ। 

प्रकाशित: २ जेष्ठ २०८० १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App