७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल उज्वेकिस्तानसँग पराजित

उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन्।

अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समूहमा उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्ओ जिइभसँग पराजित भएका हुन्।

नेपाल बक्सिङ सङ्घका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार थापा उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ः० अङ्कमा पराजित भएका हुन्। यही वैशाख १७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता वैशाख ३१ गतेसम्म चल्नेछ। 

प्रकाशित: २२ वैशाख २०८० ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App