६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एएफसी यू १७ महिला एसियन कप : नेपाल र जोर्डनबीच आज साँझ खेल हुँदै

एएफसी यू १७ महिला एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज साँझ नेपाल र जोर्डनबीच खेल हुँदैछ। 

जोर्डनको प्रिन्स मोहमद स्टेडियममा आज साँझ ६:४५ बजे खेल सुरु हुनेछ।नेपाल आज जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ। छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई जितको विकल्प छैन।जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ।

समूह एचमा रहेको नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो। बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो। यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ। समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ।

प्रकाशित: १५ वैशाख २०८० १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App