६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

हेमा र संगीता फाइनलमा

बाग्मती प्रदेशकी हेमा राई र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी संगीता सुनुवार शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगितामा महिला ६० केजी तौलसमूहमा हेमाले कर्णालीका मनीषा खरु र संगीताले लुम्बिनीकी सुजनकुमारी कुमाललाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

महिलाकै ६६ केजीमा एपिएफकी विनीता थापामगरले गण्डकीकी जोशिका श्रेष्ठ र बाग्मतीकी निष्मा गुरुङले सुदूरपश्चिमकी सपना ऐडीलाई हराउँदै फाइनल यात्रा तय गरे। ७५ केजीमा कोसीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपिएफकी सरस्वती राना मगरले कर्णालीकी राधा विकलाई पन्छाउँदै फाइनलमा पुगे। महिला ५० केजीमा बाग्मतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेसकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्ठीलाई हराउँदै फाइनलमा स्थान बनाइन्।

५४ केजीमा बाग्मतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपीएफकी सन्जुमाया थिङले कोसीकी सुस्मिता श्रेष्ठ तथा ५७ केजीमा प्रहरीकी निशा तामाङले एपिएफकी शर्मिला तामाङ र बाग्मतीकी पेमा शेर्पाले सुदूर पश्चिमकी कविता सिंहलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरे। एपिएफका सोनाम सार्की र नेपाल पुलिसका भूपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३.५ केजी तौलसमूहमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे।

पुरुष ५१ केजीमा बाग्मतीका रविन थापाले मधेस प्रदेशका लक्ष्मण राई तथा एपिएफका आश तामाङले कोसी प्रदेशका फुङलाङ काम्वाङलाई हराउँदै फाइनलमा पुगे। पुरुष ५७ केजीमा बाग्मतीका शुलभ मालीले प्रहरीका शम्भु राजवंशी र कोसीका सुरेन्द्र राईले सुदूर पश्चिमका रामबहादुर थापालाई पन्छाउँदै फाइनल भेट पक्का गरे।

पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले बाग्मतीका दावा छिरिङ लामा तथा कोसीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाए।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावल र बाग्मतीका मनोज तामाङ स्वर्णका लागि भिड्ने भएका छन्। हेमराजले एपिएफका प्रयत्न लामा तथा मनोजले कर्णालीका दर्शन घर्तीमगरलाई निराश पारे। पुरुष ९२ केजीमा एपिएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ तथा बाग्मतीका उमङ्ग महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे। 

प्रकाशित: २५ चैत्र २०७९ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App