१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाको विजयमा कुकको शतक

पोर्ट एलिजाबेथ(एएफपी)– दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिलो टेस्टमा २ सय ६ रनको सानदार जित हात पारेको छ।

घरेलु टोलीले श्रीलंकालाई बिहानी सत्र अगाडि नै अलआउट गर्दै तीन टेस्टको शृंखलामा १–० को अग्रता बनाएको हो। २४०–५ को अवस्थाबाट पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको भ्रमणकारी टोलीले ४१ रन जोड्दा बाँकी ५ विकेट गुमाएर विशाल अन्तरले नतिजा सुम्पन पुगेको हो।

घरेलु टोलीका तीव्र गतिका बलर काइल एबटले श्रीलंकाली कप्तान एन्जेलो म्याथ्युजलाई ५९ र धनन्जया डि सिल्भालाई २२ रनमा पवेलियनको बाटो देखाउँदै भ्रमणकारी टोलीलाई झट्का दिए । त्यस्तै कुशल मेन्डिसले ५८ तथा कुशल सिल्भाले ४८ रनको योगदान दिए।

यसअघि पहिलो इनिङमा घरेलु टोलीले २ सय ८६ रन बनाएको थियो भने श्रीलंका पहिलो इनिङमा २ सय ५ रनमा समेटिँदै ८१ रनले पछि परेको थियो।

दोस्रो इनिङमा भने दक्षिण अफ्रिकाले ओपनर स्टिफन डि कुकको १ सय १७ रनको मद्दतमा ४०६–६ मा इनिङ समाप्तीको घोषणा गर्दै श्रीलंका सामु जितका लागि ४ सय ८७ रनको विशाल लक्ष्य दिएको थियो।

श्रीलंकालाई दोस्रो इनिङमा सस्तोमा समेट्ने क्रममा कासिगो राबाडा र केशव महाराजले समान ३र३ विकेट लिएका थिए। दक्षिण अफ्रिकाका कुक म्यान अफ दि म्याच घोषित भए ।

प्रकाशित: १६ पुस २०७३ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App