१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ को उपाधि सेनाका भाटलाई

लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन्। भाटले २ घण्टा ४० मिनेट ५७ सकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन —२०२३ को उपाधि जित्न सफल भएका हुन।

प्रतियोगितामा नेपाल प्रहरीका करण खड्का द्वितीय भए। खडकाले २ घण्टा ४२ मिनेट ०१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुन सफल भए। श्रीलंकाली धावक अमिला सानाथले तेस्रो स्थान हासिल गर्न सफल भए। सानाथले सो दुरी २ घण्टा ४४ मिनेट २५ सेकेण्डमा पार गर्दै तेस्रो भएका हुन।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा बिहीबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन प्रतियोगिता गरिएको हो।

प्रतियोगिताका विजेताले १ लाख नगद सहित मेडल, द्धितियले  ५० हजार नगद सहित मेडल, र तृतीयले २५ हजार नगद सहित मेडल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट १० औं स्थान सम्म पर्न सफल खेलाडीहरुलाइ पनि पुरस्कार प्रदान गरियो।

बिहीबार बिहान ८ बजे कपिलवस्तुको तिलौराकोटबाट सुरु भएको पिस म्याराथन लुम्बिनीको शान्ति दीप अगाडीको गेटमा पुगेर समापन भएको थियो। म्याराथनकालागि बुद्धले २९ वर्ष बिताएको तिलौराकोटबाट सुरु गरी कपिलवस्तु र रुपन्देहीका विभिन्न बौद्ध स्तुपा हुँदै लुम्बिनी सम्मको ४२ किलोमिटर दुरी तय गरिएको थियो।

प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको ओलम्पिक कमिटीका महासचिव निलेद्रराज श्रेष्ठले बताए। लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य सहित कार्यक्रम गरिएको र २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगितालागि निमन्त्रणा दिइएको महासचिव श्रेष्ठले बताए।

विश्व शान्तिको कामना सँगै खेलकुदको माध्यमबाट लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्नु प्रतियोगिताको मुख्य लक्ष्य रहेको लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए।

प्रकाशित: २३ चैत्र २०७९ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App