१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

लुम्बिनीमा हुने अन्तराष्ट्रिय पिस म्याराथनको तयारी पुरा

विश्वशान्तिको कामना र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय पिस म्याराथन–२०२३ हुने भएको छ।

लुम्बिनी प्रदेश खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा  चैत २३ गते विहीबार पिस म्याराथन प्रतियोगिता गर्न लागीएको ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए। आयोजकले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएका हुन्।

अन्तराष्ट्रिय खेलकुद दिवशको अवसर पारेर आयोजना गर्न लागीएको प्रतियोगितामा ५० बढी धावकहरुले भाग लिने श्रेष्ठले बताए। प्रतियोगितामा नेपालका बिभागीय खेलाडीहरु संगै विदेशी खेलाडीले पनि भाग लिने उनले बताए। लुम्बिनीको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित २०७ राष्ट्रका खेलाडीहरुलाइ निमन्त्रणा गरीएको महासचिव श्रेष्ठले बताए।

निमन्त्रणा पठाइएका  सबै देशका धावक सहभागी भए हाल सम्मकै ठुलो म्याराथन हुने दावी श्रेष्ठको छ ।पिस म्याराथन वृद्धले २९ वर्ष विताएको कपिलबस्तुको तिलौराकोटबाट विहिबार बिहान ७ बजे सुरु भइ लुम्बिनीको शान्ति दिप अगाडी पुगेर समापन हुनेछ। पिस म्याराथनलाइ  देशकै उत्कृष्ट र ठुलो प्रतियोगिताको रुपमा विकास गरीने महासचिव श्रेष्ठले बताए।

विश्व शान्तिको कामना संगै खेलकुदको माध्यमबाट विश्वमा लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रबद्र्धन गर्नु प्रतियोगिताको मुख्य लक्ष्य रहेको लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराइले बताए। प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्धितिय  पुरस्कार ५० हजार र तृतीय २५ हजार नगद सहित मेडल,प्रमाणपत्र प्रदान गरीने परिषदका सदस्य सचिव भट्टराइले बताए। प्रतियोगितामा उत्कृष्ट १० औं स्थान सम्म पर्न सफल खेलाडीहरुलाइपनि पुरस्कारको व्यवस्था गरीएको उनले बताए। प्रतियोगिता सम्पन्न गर्न ४० लाख खर्च अनुमान गरीएको आयोजकले जनाएका छन।

प्रकाशित: २२ चैत्र २०७९ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App