६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मन्डेकाजी प्यारागनको ब्रान्ड एम्बेसडर

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

काठमाडौंको तिलगंगामा रहेको प्यारागनले करातेका खेलाडी मन्डेकाजीलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। मन्डेकाजीले मासिक रूपमा तलबका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दा प्यारागनले उनलाई सहयोग गर्ने समेत सम्झौतापत्रमा उल्लेख छ। यद्यपि, मासिक तलबबारे भने दुवै पक्षले खुलाउन चाहेनन्।

मंगलबार आयोजित एक कार्यक्रमबीच १३औं सागमा दोहोरो स्वर्ण विजेता मण्डेकाजी र प्यारागनका तर्फबाट प्रधानाध्यापक बिना बानु तथा प्रबन्ध निर्देशक शाकिर उद्दिनले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतापिछ बानु र उद्दिनले मन्डेकाजीलाई विद्यालयको ब्रान्ड एम्बेसडरका रूपमा विद्यालयमा आबद्ध गराउन पाएकामा अत्यन्तै खुसी लागेको बताए। ‘उहाँले देशका लागि धेरै योगदानका पुर्‍याउनुभएको छ। त्यसैले उहाँका लागि हाम्रो विद्यालयले पनि केही गर्न पाउँदा निकै खुसी छौं,’ प्यारागनका प्रबन्ध निर्देशक साकिरले भने। मन्डेकाजीले पनि ब्रान्ड एम्बेसडरका रूपमा विद्यालयलाई केही गर्ने अवसर पाएकोमा आफूलाई खुसी लागेको बताए।

‘प्यारागनले मलाई खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेकामा म विद्यालयप्रति हाद्र्धिक कृतज्ञता व्यक्त गर्दछु,’ मन्डेकाजीले भने। सन् २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा मन्डेकाजीले करातेको एकल काता र टिम कातामा स्वर्ण जितेका थिए। 

प्रकाशित: ८ चैत्र २०७९ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App