३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दैछ कर्णाली

निर्माणाधिन सुर्खेत रंगशाला। तस्बिरः धन बस्नेत/नागरिक

कर्णाली निकै विकट छ। दुुर्गम छ। दुर्गमलाई सुगम बनाउनुपर्ने छ। सुगम बनाउने काम राष्ट्रिय खेलकुद प्रतियोगिताले गर्ने लक्ष्य लिइएको छ। कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ। त्यही आयोजनाले कर्णालीका सबै जिल्लालाई सुगम बनाउने आशा र विश्वास छ।  

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर दोस्रो साता आयोजना निर्णय भईसकेको छ। निर्णयसँगै कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिसकिएको छ। पूर्वाधार संघीय संरचनापछिको पहिलो प्रादेशिक रंगशाला हो। कर्णाली प्रदेश सरकारकै लगानी निर्माणाधिन प्रादेशिक रंगशाला संघीय संरचनापछिको पहिलो हो।  

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा मात्रै सीमित नहुने कर्णाली प्रदेशका सदस्य सचिव विश्वमित्र संज्याल सुनाउँछन्। कर्णालीका अन्य जिल्लामा खेलकुदका पूर्वाधार बनाई दुर्गमलाई सुगम बनाउनपर्ने उनको भनाई छ। ‘खेलकुद आफैंमा खेल मात्रै होईन। पर्यटनसँग समेत जोड्नुपर्छ, त्यसैले कर्णाली प्रदेशका अन्य जिल्लामा पनि पूर्वाधार बनाई खेलकुदको माध्यमबाट जोड्ने छौं,’ संज्याल भन्छन्।  

कर्णाली प्राकृतिक स्रोत र साधनले धनी छ। प्राकृतिक स्रोत र साधनलाई खेल पर्यटन मार्फत जोड्ने अभियान कर्णाली प्रदेशको छ। राष्ट्रिय खेलकुद परिषदले खेलकुदलाई विकेन्द्रीकरणको गर्नुपर्ने आवाज उठाउँदै आएको छ। आवाज अनुसार नै कर्णालीका सबै जिल्लामा खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्दै आयोजना गरिने उनको भनाई थियो।

‘कर्णाली प्रदेशमा खेलकुदलाई विकेन्द्रीकरण नगरी सुखै छैन्। विकेन्द्रीकरण गरेर खेललाई पर्यटनसँग जोड्छौं,’ सदस्य सचिव संज्याल भन्छन, ‘पर्यटनसँग जोड्नकै लागि खेलकुदलाई विकेन्द्रीकरण गर्नुपर्छ । कर्णालीको हकमा भने विकेन्द्रीकरणको विकल्प छैन्।’

प्रदेशका सबैजसो जिल्लामा इण्डोर खेल लैजाने तर्फ प्रदेश खेलकुद परिषदले गाम्भीर्यता देखाएको छ। आउटका खेलहरु सुर्खेतमै आयोजना गरिने छ। ‘जिल्लामा इण्डोर खेल लैजाने विषयमा छलफल भईरहेको छ,’ उनी सुनाउँछन, ‘संघीयताको मर्म अनुसार नै सबै जिल्लामा खेलकुद पुर्याउन जरुरी छ।’ जिल्लामा खेलकुदको पहुँच पुर्याउन अत्यावश्यक छ। सीमित जिल्लामा मात्रै खेलकुद राख्दा खेलकुदको विकास नहुने समेत उनको बुझाई छ।

प्रदेशका जुम्ला, कालिकोट, रुकुम, हुुम्ला, दैलेखमा समेत खेलकुदका पूर्वाधार निर्माण गर्ने तर्फ प्रदेश सरकारले चासो दिएको छ। जुम्लामा कभर्ड हलसँगै साईक्लिङको ट्रयाक छ। हुम्लामा पनि कभर्डसँगै हक्कीको लागि आवश्यक खेलमैदान निर्माणाधिन रहेको उनी सुनाउँछन्। कालिकोटमा भलिबलको इण्डोर कोर्ट बनाउन आवश्यक डिपिआर तयार भएको छ। 

दैलेखमा बहुउद्देश्यीय कभर्ड छ। रुकुममा ७० करोड रुपैयाँको लागतमा रंगशाला निर्माणको संघारमा रहेको संज्याल बताउँछन्। ‘जाजरकोटमा जग्गा प्राप्तीको प्रक्रियामा छ। जग्गा प्राप्तीपछि पूर्वाधार निर्माण गर्छौ,’ सदस्य सचिव संज्याल आफना योजना सुनाउँउछन्। क्रिकेट रंगाशाला निर्माणको खाँचो औल्याउँदै आवश्यक जग्गा प्राप्ती बाँकी रहेको छ।

सुर्खेतमा निर्माणाधिन प्रादेशिक रंगशालालाई प्रदेश सरकारले १ अर्ब ७० करोड रुपैयाँ छुट्टाएको छ। रंगशाला पूर्वाधार निर्माणमा संघीय सरकारले भने बजेट उपलब्ध नगराएको प्रदेश खेलकुद परिषद कर्णालीले उल्लेख गरेको छ। रंगशाला निर्माण एमए कन्स्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड(ज्वाईन्ट भेन्चर)कम्पनीले सम्झौता पाएसँगै काम शुरु गरेको हो। ‘फुटबल मैदान, ट्रयाक, बहुउद्देश्यीय कभर्ड हल र पौडी पोखरी निर्माणकै चरणमा छन्,’ कम्पनीका प्रोजेक्ट इन्चार्ज पुरुषोत्तम बराल भन्छन। उनका अनुसार जेठ २०८१ भित्र निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App