१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

रियल मड्रिडलाई धक्का

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडसँग बराबरी खेलेको छ।

गए राति भएको खेलमा रियलले मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो।

७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए पनि ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १(१ गोलको बराबरीमा फर्काएर हारबाट जोगाए।

खेलको ६४ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो।

यस बराबरीसँगै रियललाई धक्का लागेको छ। शीर्ष स्थानको बार्सिलोनालाई पछ्याइरहेको रियल २३ खेलमा ५२ अंक जोडेको छ। रियल भन्दा एक खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App