७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड

रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँगको अंक दूरी घटाएको छ।

गए राति भएको खेलमा रियलले ओसासुनाविरुद्ध २-० गोल अन्तरले सहज जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको हो। रियलको जिताउन फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले एक एक गोल गरे।

खेलको ७८औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए।

दोस्रो स्थानको रियलले २२ खेलमा ५१ अंक जोडेको छ। एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक रहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७९ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App