७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

रियल मड्रीडले भ्यालेन्सियालाई हरायो

रियल मड्रीडले स्पेनिस ला लिगा फुटबलमा रियल भ्यालेन्सियाविरुद्ध जित निकालेको छ।

गए राति भएको खेलमा  मड्रीडले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो।मड्रीडको जितमा मार्को एसेन्सियो र भिनियस जुनियरले एक एक गोल गरे।

खेलको ५२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै मड्रीडलाई सुरुवाती अग्रता दिलाए भने त्यसको दुई मिनेटपछि भिनियसले अग्रतालाई दोब्बर बनाए।

त्यस्तै खेलको ७२ मिनेटमा ग्याब्रियल पुलिस्ताले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो।

यस जितसँगै मड्रीडले लिगमा बार्सिलोनासँगको अंक दूरी घटाएको छ। मड्रीड १९ खेलमा ४५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। बार्सिलोना १९ खेलमा ५० अंक जोड्दै अंक शीर्षस्थानमा रहेको छ।

प्रकाशित: २० माघ २०७९ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App