७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

बार्सिलोनाले रियल बेटिसलाई हरायो

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसविरुद्ध जित निकालेको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे। बार्सिलोनाका जुलेस कोउन्डोले एक आत्मघाती गोल गरे।

खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवती अग्रता दिलाए भने ८० औं मिनेटमा लेवान्डोस्कीले गोल अग्रतालाई दोब्बर बनाए।

त्यस्तै खेलको इन्जुरी समयमा विलियम कार्भाल्होले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो।

यस जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता कायम गरेको छ। बार्सिलोना १९ खेलमा ५० अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहेको छ। बेटिस ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित: १९ माघ २०७९ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App