१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

खेल्दा खेल्दै खेलाडीको खुट्टा भाँच्चिए पछि !

रियो दि जेनेरियो– फ्रेन्च जिम्न्यास्ट समिर आइत सइदको रियो ओलम्पिकमा छनोट चरणमा प्रतिशपर्धा गर्ने क्रममा देब्रे खुट्टा भाँच्चिएको छ।
 आज बिहान जिम्न्यास्ट छनोटमा प्रतिशपर्धा गरेका २६ वर्षीय सइदको भल्टबाट ल्याण्ड गर्ने क्रममा खुट्टा भाँच्चिएको हो। खुट्टा भाच्चिएपछि  सइदको ओलम्पिक यात्राको पनि दुखद् अन्त्य भएको छ।

उनलाई घाइते भएपछि स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो। त्यसक्रममा खेलस्थलमा भएका दर्शक तथा अन्य पदाधिकारीहरु भावुक भएका थिए।  सन् २०१५ को वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाएका सइदले सन् २०१३ मा सम्पन्न युरोपियन च्याम्पियनसिपमा भने स्वर्ण पदक जितेका थिए।

 

प्रकाशित: २३ श्रावण २०७३ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App