५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

रियाल अध्यक्षलाई बुद्धमूर्ति हस्तान्तरण

रियाल मड्रिड र पोलिडेपोर्टिभो कासेरेन्यो क्लबका पदाधिकारीका साथमा स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल। तस्बिर सौजन्य: स्पेनका लागि नेपाली दूतावास

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका संस्थागत सम्बन्ध निर्देशक इमिलियोन बुत्रागिनियोलाई स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गौतम बुद्धको मूर्ति हस्तान्तरण गरेकी छन्।

गत मंगलबार रियाल मड्रिड र पोलिडेपोर्टिभो कासेरेन्योबीच भएको खेलअघि नेपाली राजदूत पराजुलीले बुत्रागिनियोलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको बुद्धको मूर्ति हस्तान्तरण गरेकी हुन्। सोही अवसरमा कासेरेन्यो टोलीका पदाधिकारीलाई पनि ढकालले बुद्धमूर्ति प्रदान गरेकी थिइन्।

उक्त खेलअघि राजदूत ढकालले रियालका प्रशिक्षक कार्लो एन्सेलोटी, मार्केटिङ प्रमुख रोबर्टो कार्लोसलगायत दुवै टोलीका पदाधिकारीलाई भेट गरेकी थिइन्। यसअघि कासेरेन्योले दुई साताअघि नेपाल भ्रमण गरेको थियो । चौथो श्रेणीको टोली कासेरेन्योले नेपाल भ्रमणको क्रममा पोखरामा गण्डकी– ११ र काठमाडौंमा काठमाडौं–११ सँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो र दुवै खेलमा सुखद नतिजा निकाल्दै स्वदेश फर्किएको थियो।

प्रकाशित: २३ पुस २०७९ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App